अध्यक्षमा पराजित भएका भीम रावल भन्छन्-यस्तो हुन्छ भन्ने पहिल्यै थाहा थियो

चितवन । नेकपा (एमाले) को १०औँ महाधिवेशनमा अध्यक्षबाट पराजित भएका पूर्वउपाध्यक्ष भीम रावलले आफू पराजित हुने कुरा पहिल्यै थाहा भएको बताएका छन् । अनौपचारिक मत परिणाम सार्वजनिक भएपछि रावलले यस्तो हुन्छ भन्ने थाहा पाएरै आफूले पाइला चालेको बताएका हुन ।

‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो । सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले भने,‘बाँकी कुरा अहिले घोषणा सभामा अध्यक्षलाई बधाई दिएर आएपछि भन्छु।’
मंगलबार दिउँसो सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..