वीरगञ्ज । महिला हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको बेला पर्सामा २ वटा बलात्कारका घटना सार्वजनिक भएको छ ।वीरगञ्ज महानगरपालिकामा १७ वर्षीया किशोरी र जिराभवानी गाउँपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।
प्रहरीले १७ वर्षीया किशोरी बलात्कारको आरोपमा वीरगञ्ज–७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल कुर्मी र १४ वर्षीया बालिका बलात्कारको आरोपमा जिराभवानी गाउँपालिका–२ बस्ने २० वर्षीय प्रभु साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उनीहरु दुवैजना विरुद्ध पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्धामा म्याद लिई अनुसन्धान शुरु गरिएको उनले बताए ।
बलात्कारको आरोपमा दुई पक्राउ
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


