कांग्रेस बागलुङको सभापतिमा जित शेरचन विजयी

काठमाडौं । नेपाली कांग्रेस बागलुङको सभापतिमा जित शेरचन विजयी भएका छन्। सोमबार सम्पन्न निर्वाचनबाट प्रतिद्वन्द्वी जगदिशचन्द्र उपाध्यायलाई पराजित गर्दै उनी सभापति बनेका हुन्।शेरचनले ८७३ मतल्याए भने उपाध्यायले ७६८ मत ल्याएका थिए। सभापतिमा विजयी शेरचन नेता कृष्ण सिटौला निकट हुन् भने पराजित उपाध्याय रामचन्द्र पौडेल पक्षका हुन्। बागलुङमा दोस्रो चरणको मतदान भएको थियो। पहिलो चरणमा पहिलो स्थानको मत ल्याएका उपाध्यायलाई तेस्रो स्थानको मत ल्याएका द्रोण कुँवरले सघाएका थिए।
शेरचन गत निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार बनेका थिए। उपाध्याय १३औं महाधिवेशनमा पनि सभापतिमा पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..