भारतीय ट्रक सिरहामा घुस लिँदै भन्सार काटे विरगन्जमा, प्रहरी प्रशासनलाई चुनौती

दिनेश्वर गुप्ता

लहान । भन्सार छली गरी नेपाल ल्याएको दूई वटा ट्रक सिरहाको धनगढीमाई नगरपालिकामा फेला परेको छ । भन्सार छली गरी बर्षोदेखि धनगढीमाई ९ मुसहरनियाको एक फुलवारीमा राखिएको छ । भन्सार छलीको ट्रकवारे जिल्ला ट्राफिक कार्यालय लहानलाई जानकारी भएलगतै मंसिर १३ गते दिउँसो १.३० तीर प्रहरीले सो स्थलमा पुगेका थिए । त्यसलगतै भन्सार कार्यालय सिरहा माडरलाई जानकारी भए । माडर भन्सारले एक बर्षभित्र यस्तो ट्रकको भन्सार नकाटेको जानकारी गराए । त्यस लगतै जिल्ला ट्राफिक कार्यालय लहानबाट इन्स्पेक्टर दानबहादुर मिरिँगचिँग त्यस ट्रक भएको स्थलमा पुगे ।
ट्राफिक इन्स्पेक्टर ४ बजेतीर त्यहाँ पुग्दा भन्सारको कागजात नभएको देखियो । त्यसपछि मंसिर १३ गतेकै मितिमा दिउँसो ५ बजेर १९ मिनेटमा काटिएको रसिदसहित इन्स्पेक्टर मिरिँचिँगलाई थमाएको छ । इन्स्पेक्टर मिरिँचिँगले साँझ ७ बजेतीर पत्रकारलाई सो रसिद इमेल गरेको छ । बर्षोदेखि भन्सार छली गरी राखिएको ट्रकको जाँच पडताल हुँदा विरगन्ज भन्सारले घुस लिएर भन्सार काटिएको स्थानीयको दावी छ । विरगन्ज भन्सार नपुगेका ट्रकको भन्सार कसरी काटियो ? स्थानीयले प्रश्न गरेको छ । भन्सार कार्यालय विरगन्ज सम्पर्कविहीन बनेको छ । उक्त च्व्ज्ञढ भ्ज्ञद्धद्दड र च्व्ण्ट भ्ब्इडडढ नम्बर बोर्डिङ्ग गाड्ने दुई वटा ट्रक राखिएका छन् ।
प्रहरी प्रशासन र केही नेताहरुको मिलोमतोमा उक्त ट्रकको भन्सार छली भएको रहस्य खुलेको छ ।
धनगढीमाई नगरपालिकाका उपमेयर फुलकुमारी श्रेष्ठको घर छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको खाली जग्गामा उक्त ट्रक राखिएको छ ।
नाम नखोल्ने शर्तमा एक जनाले भने उक्त ट्रकलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको संलगनता छ , ’त्यसैले सत्य तथ्य छानविनका लागि प्रहरी प्रशासनलाई चुनौती छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..