सम्पूर्ण कार्यकारी पदबाट विदा भँए : लालबाबु पण्डित

चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डितले आफू कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका छन् ।
एमालेको केन्द्रीय सदस्य पद अस्वीकार गरेका नेता पण्डितले आफु सम्पूर्ण कार्यकारी पदबाट बिदा भएको घोषणा गर्दै चितवनमा जारी महाधिवेशनमा मतदान नगरी बाहिरिएका छन्।

पदाधिकारीको आकांक्षी रहेका उनलाई अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै प्रस्ताव गरेको सूचीमा केन्द्रीय सदस्यमा राखेपछि असन्तुष्टि जनाएका थिए । महाधिवेशनबाट बाहिरिँदै उनले विहान सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।’

‘मैले त्यागिदिएँ अब संगठित सदस्य भएर बस्छु, प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता पण्डितले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..