दुई बच्चासहित आमा मृत फेदुईला

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा दुई बच्चासहित आमा मृत अवस्थामा फेला परेकी छिन् । बरहथवा नगरपालिका–१ मा छोराछोरीसँगै आमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता (डिएसपी) माधवप्रसाद बुढाथोकीले बताए ।

बरहथवास्थित हजरियामा बस्ने शिव हजारीका २६ वर्षीया पत्नी कविता घरभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुुन् । उनी झुण्डिएको ठाउँमा ८ वर्षीया छोरी र ५ वर्षका छोराको शव भेटिएको छ ।
उनीहरुको शरीरमा चोटपटक नदेखिएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको डिएसपी बुढाथोकीले बताए । मृतक महिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..