रामेछाप । खाँडादेवी गाउँपालिकास्थित राकथुममा तिर्थमान दोङ तामाङ ‘निखिल’को विभत्स हत्या भयो । २०६६ असोजमा काभ्रेको तेमाल गाउँपालिका घर भएका तिर्थमानलाई बोलाएर राकाथुमको पिपलबोटमा हत्या गरिएको सो घटना १२ वर्षसम्म गुपचुप थियो । गाउँलेले हत्यामा संलग्न आरोपी चिनेका थिए तर, भन्न सकेका थिएनन् ।
प्रहरीले १२ वर्षपछि हत्यामा संलग्न आरोपीहरुलाई पक्राउ गरेको छ । हत्यामा संलग्न मध्येका ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयराम तामाङलाई पक्राउ गरिएको रामेछापका डिएसपी नवराज ढुंगानाले रातोपाटीलाई बताए । खाँडादेवी गाउँपालिका–१ मा घर भएका ज्ञानबहादुर र जयराम बावुछोरा हुन् । शनिवार बिहान ज्ञानबहादुर घटनास्थलबाट र जयराम काभ्रेको धुलिखेलबाट पक्राउ परेका हुन् । काभ्रेस्थित तेमाल गाउँपालिका–९ मेच्छेपौवाका निखिललाई ज्ञानबहादुरको समूहले बोलाएपछि २०६६ असोज ९ मा उनी त्यहाँ गएका थिए । गाउँमा पुगेपछि माथिबाट ढुंगामुढा गर्दै खुकुरी र तरबारले घाँटी तथा अनुहारमा हानेर विभत्स तरिकाले उनको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
हत्या आरोपीहरु १२ वर्षदेखि राजनीतिक आवरणमा पक्राउ हुनबाट जोगिएका थिए । तत्कालीन संविधानसभा सदस्य डिल्लीमान तामाङका स्वकीय सचिव भएर काम गरेका ज्ञानबहादुर पछिल्लो समय गाउँमा जान छाडेर काठमाडौंमा लुकिछिपी बसिरहेका थिए । पुरानो रिसिविका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्या हुँदा ‘निखिल’ २९ वर्षका थिए ।
हत्यापछि पीडित पक्षका मानिसहरुले ज्ञानबहादुरको घरमा गएर आगो लगाइदिएका थिए । मृतकका बाबु पृथ्वीमान दोङले हत्यामा संलग्नहरूलाई कारवाहीको माग गरेर जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरीमा धेरैको नाम उल्लेख गरिएको जानकारी दिँदै डिएसपी ढुंगानाले भने–‘आरोपीहरुको बयानका आधारमा थप अनुसन्धान र पुष्टि गर्दैछौं ।’
युवक हत्याकाण्ड : १२ वर्षपछि बाबुछोरा पक्राउ
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


