बुटवल । नेपाली कांग्रेस पाल्पाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हिमालदत्त श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले पार्टी संस्थापन पक्षका कृष्णप्रसाद बस्याललाई झण्डै तेब्बर मत अन्तरले पराजित गरेका हुन् । निर्वाचनमा १ हजार ३१३ मत खसकोमा श्रेष्ठले ८९० मत प्राप्त गर्दा बस्यालले ३८१ मत पाएका छन् ।
जिल्ला कार्यसमितिको सबैजसो पदमा श्रेष्ठ प्यानलकै उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा ज्ञानबहादुर गाहा र झपेन्द्र गहिरे, सचिवमा सन्तोषकुमार थापा र सुनिता अधिकारी तथा सहसचिवमा विष्णुकुमार थापा र हुमिद मिया निर्वाचित भएका छन् ।
कांग्रेसको पाल्पा सभापतिमा पौडेल पक्षका श्रेष्ठ विजयी
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


