अध्यक्ष ओलीले इश्वरलाई नै बनाउने भए वरिष्ठ उपाध्यक्ष

काठमाडौं । अन्तत: नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरललाई नै बनाउने निर्णय गरेका छन् ।ओलीले शनिबार राति बनाएको पदाधिकारीहरुको सूचीमा वरिष्ठ उपाध्यक्षको ठाउँमा इश्वर पोखरेल भनिएको छ ।
चितवनमा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई नै पदाधिकारी छनौंट गर्ने सर्वाधिकार प्रदान गरेको थियो । सोही अनुसार ओलीले अध्यक्षपछिको महत्वपूर्ण पद मानिएको वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेललाई राखेका छन् ।र्तमान महासचिवसमेत रहेका पोखरलको प्रतिद्वन्द्विको रुपमा स्थायी कमिटी सदस्य तथा पूर्वसभमुख सुवास नेम्वाङले पनि उम्मेदवारी दिने चर्चा थियो । तर ओलीले सर्वसम्मत पदाधिकारी चयन गर्ने भन्दै नेम्वाङलाई व्याक गराएका हुन् ।

वरिष्ठ उपाध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने अडान राखेपछि ओलीले सूची निकाल्नुअघि ओलीले नेम्वाङसँग व्यक्तिगत भेटसमेत गरेको चर्चा थियो । भेटेमा ओलीले नेम्वाङलाई निर्वाचनपछि उपराष्ट्रपति या राष्ट्रपति बनाइदिने भन्दै आश्वासन दिएको बताइएको थियो । त्यसक्रममा नेम्वाङले ओलीलाई जनमतको जिम्मा कस्ले लिने भन्दै प्रतिप्रश्न गरेको बताइएको थियो । तथापि अन्त्यमा नेम्वाङलाई ओलीले वरिष्ठ उपाध्यक्षको होडबाट बाहिर ल्याएका छन् ।

उनले पदाधिकारीको सूचीमा नेम्वाङलाई उपाध्यक्षमा मात्रै सिमित गरेका छन् । सबैमा सहमति भए आफूमात्रै पार्टीका लागि बाँधक नबन्ने भन्दै नेम्वाङ उपाध्यक्षमा तयार भएको बुझिएको छ । ओलीले निकालेको पदाधिकारी सुचीमा धेरैको विमत्ति रहेपनि बाहिर बोल्न नसकेकोे नेताहरुको भनाइ छ ।
उता अध्यक्षका प्रत्यासी भीम रावल जसरी पनि अध्यक्षमा उम्मेदवारी दिने पक्षमा छन् । उनीबाहेक अन्य पदहरुमा सर्वसम्मत गर्ने भनिएतापनि ओली खेमाकै कतिपय नेताहरु भने प्रतिस्पर्धाका लागि निर्वाचन हुनैपर्ने पक्षमा रहेका छन् । जसका कारण ओली पक्षकै नेताहरु मत विभाजित हुने अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..