घाइतेहरूलाई इँटाभट्टामा जलाएको घटना : आरोपित आलमको मुद्दा १३ औं पटक पेसीमा

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लोपटक २६ कात्तिकमा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएका थिए । पेसी न्यायाधीश कार्कीसँगै अर्का न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा थियो ।

त्यतिबेला बेन्च नै बसेन । न्यायाधीशहरू जबराको राजीनामा माग्दै उनले तोकेको इजलासको अवज्ञामा थिए ।

मुद्दाको हालसम्म प्रारम्भिक सुनुवाइसमेत भएको छैन । १३ पटक मुद्दाको पेसी तोकिए पनि सातपटक स्थगित भएको छ । तीनपटक हेर्न नमिल्ने, दुईपटक बेन्च नबसेको र एकपटक हेर्न नभ्याइनेमा मुद्दालाई राखिएको थियो ।
आलम २७ चैत २०६४ मा रौतहटको बम काण्डमा मुछिएका व्यक्ति हुन् । उनीमाथि बम विस्फोट हुँदा घाइते भएकाहरूलाई ज्यूँदै इँटाभट्टामा जलाएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..