नेवानिका उडानलाई हङकङ फेरि १४ दिन प्रतिबन्ध

काठमाडौं। नेपाल वायुसेवा निगमका उडानलाई हङकङ एयरपोर्टले प्रतिबन्ध लगाएको छ। काठमाडौंबाट कोरोना नेगेटिभको रिपोर्ट देखाएर उडेका यात्रु परीक्षणमा नेगेटिभ देखिएपछि १४ दिनका लागि प्रतिबन्ध लगाएको हो।
हङकङ एयरपोर्टले कोरोना परीक्षण रिपोर्टका कारण नेवानिका उडानमा बन्देज गरेको यो पहिलोपटक भने होइन। यस्ता घटना पहिले पनि पटक पटक भइआएको हो। ‘गत मंगलबार भएको उडानमा यस्तो भएको हो,’ निगमका एक उच्चपदाधिकारीले भने,’पहिले पहिले पनि यस्तो भएकोमा सतर्कता अपनाइएको थियो।’

नियमित उडानको तालिका तय गरेको निगमले अब बिक्री गरिसकेका टिकटको रकम फिर्ता गर्नुपर्ने भएको छ। उडान प्रतिबन्धपछि यात्रुले चाहेको अवस्थामा टिकट रिफण्ड लिन सक्ने निगमले जनाएको छ।
हङकङ विमानस्थलले लगाएको प्रतिबन्धका कारण नेवानिले आगामी मंगलबार (नोभेम्बर ३०) र डिसेम्बर ७ तारिखका लागि निर्धारित उडान रद्द गर्नुपरेको छ। काठमाडौं-हङकङ-काठमाडौं-उडान अब डिसेम्बर ८ पछि हुने निगमका अधिकारीहरुले बताएका छन्।
स्वास्थ्य सुरक्षा पालनामा हङकङ सरकारले जारी गरेको मापदण्ड कडा भएका कारण निगम मात्र नभइ विभिन्न मुलुकका हवाई सेवा कम्पनीको उडानमा अस्थायी प्रतिबन्ध लाग्दै आएको छ।सातामा एउटा उडान हुँदै आएको काठमाडौं-हङकङ-काठमाडौं गन्तव्यमा दुईतर्फी अकुपेन्सी ९० प्रतिशत कायम हुँदै आएको निगमले जनाएको छ। निगमले यो गन्तव्यमा एयरबस ३३० (वाइडबडी) सिरीजको जहाजले सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..