एमाले कुनै पार्टी नभई केपी ओली एण्ड कम्पनी : अध्यक्ष नेपाल

लहान ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले कुनै पार्टी नभई केपी ओली एण्ड कम्पनी रहेको आरोप लगाउनु भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी सिराहाले लहानमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले संसद् विघटनविरुद्धको आन्दोलन हुँदै पछिल्लो राष्ट्रिय सभाको निर्वाचन र वर्तमान सरकार सञ्चालनमा पाँच दलको सहकार्य र गठबन्धन जारी रहने बताएका हुन् ।

‘केपी ओलीको नेतृत्वमा लोसपा र राजावादीहरूको सरकारलाई च्यूत गर्न बनेको गठबन्धन जनताको चाहना भावनाअनुसार संयुक्त सरकारसम्म आइपुगेको छ, आगामी निर्वाचनसम्म जान्छ,’ नेपालले भने ।

नेपालले भन्नुभयो, “एमाले ओली एण्ड कम्पनी हो, त्यो पार्टी होइन, उनले हामीलाई एमालेमा बस्न ढोका बन्द गरेपछि सन्यास लिने कि आत्मसमर्पण गरेर उनको टाङमुनी छिरेर बस्ने भन्ने भयो, हामीले त्यसलाई अस्वीकार गर्‍यौ र बाध्य भएर नयाँ पार्टी गठन गर्‍यौँ ।”अहिले एमालेले विद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउँदै हिँडेको भन्दै उहाँले भ्रम छर्नु पर्दैन, पुष्पललाले अगाडि बढेकै बाटो नेकपा समाजवादीले हिँडेकाले त्यस्तो अवस्था नआउने उहाँले दाबी गर्नुभयो ।

ओलीसँग टक्करभन्दा पनि विचारको लडाइँ लडेको चर्चा गर्दै उनले भने ‘विधि, पद्धति, विचार, नीति र व्यवहार नै अलग भएपछि एउटै पार्टीमा बस्नुको अर्थ नभएकाले न्याय, समानता, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउन नेकपा एकीकृत समाजवादी गठन गरिएको हो ।’

गैँडालाई झन्डा, कम्युनिस्टकै बेइज्जत
चितवनमा हुन गइरहेको एमालेको महाधिवेशनको सन्दर्भमा उनले सर्वहारा, किसान, मजदुरले बोक्नुपर्ने कम्युनिस्टको झन्डा एमालेले गैँडालाई बोक्न लगाएर कम्युनिस्टकै बेइज्जत गरेको उल्लेख गरे । ‘एमालेमा कम्युनिस्टको झन्डा बोक्न अब किसान, मजदुर छैनन्, योपल्ट गैँडाले बोक्यो, अर्कोपल्ट बाँदरको हातमा पुग्छ,’ उनले भने, ‘एमालेमा वैचारिक विचलन र भड्कावको नमुना हो, गैँडाले कम्युनिस्टको झन्डा बोक्नु ।’

सत्ता र शक्तिको चरम दुरुपयोग गर्ने ओली नेतृत्वको एमाले पार्टी आगामी चुनावसम्म पत्तासाफ हुने उनको दाबी थियो । ‘राष्ट्रिय सभाको पछिल्लो निर्वाचनबाट नै ओलीको पत्तासाफ सुरु भइसकेको छ,’ उनले भने, ‘प्रदेश २ बाहेक अन्य प्रदेशमा रहेको सरकार पनि च्यूत भएर गठबन्धनको प्रदेश सरकार बनेको छ ।’ कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेस, एमाले, जसपा र माओवादी केन्द्रबाट करिब एक हजारजनालाई प्रवेश गराएको एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..