गण्डकी प्रदेशमा पौडेल समूह अगाडी

पोखरा । नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा छ । वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला संरचनाको अधिवेशनको तयारीमा छ । गण्डकीका ३ जिल्लामा यसअघि नै जिल्ला निर्वाचन सकिएको छ । मनाङ, मुस्ताङ र गोरखामा सर्वसम्मत नेतृत्व चयन भयो । बाँकी ८ जिल्लामा अहिले क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन करिब सकिने चरणमा छ ।जिल्लाको नेतृत्व गर्न महाधिवेशन प्रतिनिधि जित्नै पर्ने विधानको व्यवस्था अनुसार उम्मेदवारहरू बढी भए । गण्डकीका केही जिल्लामा अनौठो नतिजा आइहरेको छ । स्याङ्जा र बागलुङमा बहालवाला जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । स्याङ्जाका बहालवाला सांसद पराजित भएका छन् भने कतिपय जिल्लामा पूर्व सांसद र प्रभावशाली नेताले हारेका छन् ।

स्याङ्जाका सभापति कुमार रानाले महाधिवेशन जितेनन् । उनी नयाँ कार्यकालका लागि पनि सभापतिको दाबेदार थिए । प्रतिनिधिसभाका समानुपातिक सांसद मोहन पाण्डे समेत चुनाव जितेनन् । बागलुङमा जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलको पार्टी राजनीति महाधिवेशन प्रतिनिधि नपुग्दै अड्किएको छ ।कास्कीबाट पूर्वराष्ट्रिय सभा सदस्य बृन्दादेवी राना पराजित भइन् ।
जिल्ला सभापतिमा दाबी गरिरहेका कृष्ण कार्कीसमेत महाधिवेशन प्रतिनिधिमै रोकिए । पार्टीभित्रको गुटका कारण प्रभावशाली नेताले पराजय भोग्नुपरेको जिल्लास्थित नेता बताउँछन् । हालसम्मको नतिजामा पौडेल समूह केही अगाडी छ भने यसअघि कमजोर देउवा गुट यो निर्वाचनमा केही सुधारिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..