बलात्कार गरेको आरोपमा सेनाका हवल्दार पक्राउ

काठमाडौं । बालिकालाई बलात्कार गरेको आरोपमा नेपाली सेनाका एक हवल्दार पक्राउ परेका छन्। कञ्चनपुर घर भइ ललितपुरको लेलेस्थित सैनिक ब्यारेकमा कार्यरत हवल्दार ३६ वर्षीय गोविन्द सिंह विष्टलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो। प्रहरीको अपराध महाशाखाले उनलाई बुधबार साँझ काठमाडौंको कोटेश्वर चोकबाट पक्राउ गरेको हो। रामेछाप स्थायी ठेगाना भएकी ती बालिकालाई विष्टले गत कात्तिक ३० गते लगनखेलबाट ल्याएर कोटेश्वरको एक होटलमा बलात्कार गरेको उजुरी परेको छ। पक्राउ परेका विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको अपराध महाशाखाले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..