नेपाल एयरलाइन्सका पाइलट’लाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं । गन्तव्यमा नपुर्याएर बीच बाटोमै यात्रुहरुलाई बिचल्ली बनाउने नेपाल एयरलाइन्सका ‘सन्की पाइलट’ लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।सोमबार काठमाडौंबाट रुकुमका लागि उडेकाे जहाजलाई आफ्नो ड्युटी समय सकिएको भन्दै नेपालगन्जमा यात्रुहरुलाई ओरालेर बिचल्लीमा पार्ने पाइलट पेम्बा शेर्पालाई मंगलबार मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।एअरलाइन्सको ट्वीनअटर जहाज पाइलट पेम्बा शेर्पाले चलाएका थिए । यात्रुहरुले पाइलटको सनकले आफूहरु बिचल्लीमा परेको भन्दै गुनासो गरेपछि पर्यटनमन्त्री मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाइलट शेर्पालाई स्पष्टीकरण सोधिएको बताइएको छ।

मन्त्री आलेले पाइलट शेर्पाबाट चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने र कुनै पनि व्यक्तिले गैरजिम्मेवार भएर यात्रु अलपत्र पार्ने काम गरे तुरुन्तै कारबाहीको भागिदार हुनुपर्ने भनेका छन् ।

एयरलाइन्सले भने पाइलट शेर्पाको बचाउ गर्दै पाइलट शेर्पाको ड्युटी बेलुका ४ बजेसम्म मात्रै र सोमबार मौसम प्रतिकूल भएकाले जहाज गन्तव्य नपुगेको भनेको छ ।काठमाडौंबाट सोमबार रुकुमका लागि उडेको जहाज मंगलबार बिहान गन्तव्यमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..