काठमाडौं । नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा शिवराज भट्टलाई पराजित गरी चन्द निर्वाचित भएका हुन्। उनले ८०९ मत प्राप्त गर्दा प्रतिद्वन्दी भट्टले ४८९ मत मात्र पाए। सभापतिमा निर्वाचित चन्द वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षाका हुन्।
बैतडीमा उपसभापतिबाहेक सबै पक्षामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेद्वार पराजित भएका छन्। यसैगरी, उपसभापतिमा खगेन्द्र सिंह धामी र वीरबहादुर बिष्ट, सचिवमा देबराज जोशी र प्रमबहादुर चन्द विजयी बने। बैतडीको सहसचिवमा दशरथ सिंह चाड र दिपेन्द्र बहादुर चन्द निर्वाचित भएका छन्।
बैतडी कांग्रेस सभापतिमा चतुरबहादुर चन्द निर्वाचित
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन
जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


