फेसबुकमार्फत चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
बिहीबार काठमाडौं महानगरपालिका–१२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई प्रहरीले पक्राउ गरेको हो ।खड्गीले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्वीर तथा भिडियो पठाउन लगाइ दुःख हैरानी दिई सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..