भोजपुर कांग्रेस सभापतिमा वान्तवा चयन

काठमाडौं । नेपाली कांग्रेस भोजपुरको सभापतिमा विनोद वान्तवा चुनिएका छन्।

सोमबार भएको मतदानमा ५१ प्रतिशत मत तिनै जना उम्मेदवारको नपुगेपछि मंगलबारका लागि मतदान तोकिएको थियो। तेस्रो स्थानमा आएका बालकृष्ण थापाले पहिलो स्थानको मत ल्याएका वान्तवालाई सघाउने निर्णय गरेका छन्।

४१४ मतसहित सोमबार पहिलो स्थानको मत ल्याएका वान्तवालाइ ३६० मत प्राप्त गरेका थापाले सघाउने निर्णय गरे सँगै दोस्रो स्थानमा मत ल्याएका नन्दमणि राईपछि हटेका हुन्। विजयी वान्तवा नेविसघंका पूर्व कोषाध्यक्ष हुन्। वान्तवा र थापा संस्थापनइतरका हुन्। दोस्रो कार्यकालका लागि सोमबार प्रतिस्पर्धा गरेका राई सभापति शेर बहादुर देउवा पक्षका हुन्। राईले सोमबार ३९२ मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..