कांग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित

सुर्खेत । नेपाली कांग्रेस जाजरकोटको जिल्ला सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित भएका छन् । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

जिल्ला उपसभापति खड्क बीसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएको नवनिर्वाचित सभापति सिंहले जानकारी दिए । उनका अनुसार सह-सचिवमा खडक विसी (पजारु) र छवि पन्त चएन भएका छन् । कोषाध्यक्षपछि मनोनित गरिनेछ ।

त्यस्तै नगरपालिकाबाट तीन जना र गाँउपालिकाबाट दुई जना सदस्यसमेत सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन समितिले निर्वाचित कार्यसमितिको औपचारिक घोषणा भने आज (सोमबार) दिउँसो गर्नेछ ।

‘पार्टीलाई थप बलियो बनाउन सर्वसम्मत नेतृत्व चएन गरेका छौं । सोमबार मात्रै पदाधिकारीको औपचारिक घोषणा हुन्छ’ नवनिर्वाचित सभापति सिंहले भने, ‘पार्टीलाई बलियो बनाउन र गुटगत राजनीतिको अन्त्य गर्न सर्वसम्मत नेतृत्व चयन गर्‍यौं ।’

यसअघि संस्थापन समूहमा रहेका सिंह पछिल्लो समय मध्यमार्गी नेताका रुपमा चिनिन्छन् । मध्यमार्गी नेता भएकै कारण उनी सर्वसम्मत सभापति बन्न सफल भएको नेताहरू बताउँन् । सभापति बाहेकका अन्य पदाधिकारी भने संस्थापन र संस्थापनइतर समूहले बराबरी लिएका छन् ।

यस्तै दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको जाजरकोटमा प्रदेश (क) को क्षेत्रीय सभापतिमा लिलाबहादुर शाह र (ख) मा जनक शर्मा (न्यौपाने) निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीलाई शुद्धीकरण गर्न यूवा नेतृत्व

देशभर जस्तै कर्णालीमा पनि वडादेखि नै संस्थापन र संस्थापनइतर समूहबीच नेतृत्व र प्रतिनिधि चयनमा प्रतिस्पर्धा भइरहेको छ । यहाँ संस्थापन पक्ष (शेरबहादुर देउवा)को महामन्त्री पूर्णबहादुर खड्का र संस्थापनइतर (रामचन्द्र पौडेल) समूहको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्दै आएका छन् ।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत भइरहेका निर्वाचन पनि यी दुई समूहबीच प्रतिस्पर्धा भै रहेको छ । तर यी दुई समूहको विवादका बीच पनि कांग्रेस जाजरकोटले वडादेखि जिल्लासम्मका पदाधिकारी सर्वसम्मत चयन मात्र गरेन युवाहरुलाई स्थानसमेत दिएको छ ।

अहिलेका राजनीतिज्ञले युवामा वितृष्णा पैदा गरेको आरोप लगाउँदै, गुम्दै गएको कांग्रेसको विरासत बचाउन युवा नेतृत्व आवश्यकता रहेको र सोही अनुसार नै युवाहरूलाई स्थान दिइएको नवनिर्वाचित सभापति सिंहले बताए ।
‘पार्टीलाई शुद्धीकरण गर्न आवश्यक छ । अब पार्टी पुरानै शैली र पद्धतिबाट चल्दैन । नेतृत्वमा नयाँ पुस्ता, आजको आवश्यकता हो’ नवनिर्वाचित सभापति सिंह भने, ‘त्यसैले नयाँ नेतृत्व चयनमा विवेक पुर्‍याएका छौं ।’
उनले अघि थपे, ‘हामीले सर्वसम्मत युवा नेतृत्व चएन गरेका छौं । र, शीर्ष नेतृत्वलाई पनि गुटगत राजनीति अनत्य गर्दै, सर्वसम्मत नेतृत्व छान्न दवाव दिएका छौं ।’

जाजरकोटको बारेकोट गाउँपालिका-८, सक्लामा २०३७ साल वैशाख २४ गते जन्मिएका सिंह २०५६ सालमा नेपाल विद्यार्थी संघ जाजरकोटको जिल्ला अध्यक्ष बनेका थिए ।
त्यसपछि तत्कालीन अवस्थामा पार्टी विभाजन भएपछि नेपाली का‌ंग्रेस प्रजातान्त्रिकको जिल्ला सह-सचिव बने । २०६७ सम्पन्न पार्टीको १२औं महाधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचिन सिंह २०७२ मा सम्पन्न १३औं महाधिवेशनमा जिल्ला सभापतिमा ६ मत अन्तरले पराजित भए ।
उनी २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा जाजरकोट प्रदेश (क) मा प्रदेश सभा सदस्यमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..