कांग्रेस प्रदेश सभा क्षेत्रीय अधिवेशन : भक्तपुरमा नयाँ नेतृत्व चयन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भक्तपुरमा शनिबार सम्पन्न प्रदेशसभाका चारै निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ।

प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क)मा प्रदीप कार्की सभापतिमा निर्वाचित भए। त्यसैगरी, १ को (ख)को सभापतिमा ओमप्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।

क्षेत्र नम्बर २ को (क)को सभापतिमा जेहेन्द्र खड्का तथा ख को सभापतिमा शिव हमाल निर्वाचित भएका छन्। प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई/दुई जना निर्वाचित भएका जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..