सुर्खेतबाट काठमाडौँ गइरहेको बस दाङमा दुर्घटना, २९ यात्रु घाइते

दाङ । सुर्खेतबाट काठमाडौँतर्फ गइरहेको बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको उक्त बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना भएको हो । वडा प्रहरी कार्यालय लमहीका अनुसार बसमा सवार रहेका २९ यात्रु घाइते भएका हुन् ।

७ जना घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भने लमही अस्पतालमै उपचार भइरहेको छ ।

बसको पट्टा भाँचिएर अनियन्त्रित भएपछि दुर्घटनाग्रस्त भएको हो । घाइतेहरुको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..