गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी कांग्रेसको क्षेत्रीय सभापतिमा पराजित

धनगढी । कैलालीमा नेपाली कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको सभापतिमा गाउँपालिकाका अध्यक्ष पराजित भएका छन् ।निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी सभापतिमा पराजित भएका हुन् । जोशीलाई परशुुराम महतो कठरीयाले ५९ मतले पराजित गरेका हुन् ।
कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारका अनुसार गाउँपालिकाका अध्यक्ष चौधरीले ८८ मत प्राप्त गर्दा कठरीया १४७ मत ल्याएर विजयी भएका हुन् ।सभापतिमा पराजित भएका अध्यक्ष चौधरी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् भने कठरीया सभापति देउवा निकट हुन् । यस्तै कांग्रेसले कैलालीका प्रदेश सभाका १० वटै निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेको छ ।

संयोजक सुनारका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा परशुराम महतो कठरीया, प्रदेश सभा (२) मा बलीराम चौधरी, निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (१) को सभापतिमा भीम जैसी, प्रदेश सभा (२) मा तेजप्रकाश मल्ल, निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा(१) मा रामप्रसाद चौधरी र प्रदेश सभा(२) मा कमलराज चौधरी सभापतिमा चयन भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा (१) को सभापतिमा काशिराम शर्मा, प्रदेश सभा (२) मा गोपालदत्त भट्ट र निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा (१) को सभापतिमा सिताराम राना र प्रदेश सभा (२) को सभापतिमा केशव जोशी चयन भएको प्रचारप्रसार समितिका संयोजक सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..