कमला नदीमा अनौठौ भूत मेला, भक्तजनहरूको घुइँचो

जनकपुरधाम । सिरहा र धनुषा जिल्लाको सिमानामा रहेको कमला नदीको किनारमा भूत मेला लागेको छ।

कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ आज मेला लागेको हो।

नदीको किनारमा यतिखेर तान्त्रिक विद्या सिद्ध गर्न भक्त, धामी र सर्वसधारणको घुइँचो लागेको छ। नेपालतर्फ मात्र नभएर भारतमा समेत कमला नदीमा आज लाखौंले स्नान गरेका छन्।धामी झाँक्री बन्ने विश्वासका साथ उनीहरु देउता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वास छ।

मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुती दिने चलन छ। मिथिलामा सदियौंदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ। कमलामा स्नान पश्चात घर फर्किने बेलामा भक्तजनहरूले कमला नदीको पानी आ–आफ्नो घर लैजाने गर्छन्।

स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ। आफ्नो गाउँमा धामीहरुलाई डोर्‍याएर कमला स्नान गर्न ल्याएका शरीरमा देउता चढ्नेहरुलाई यहाँ ल्याउने गरिएको धामीझाँक्रीहरुले बताउँछ। मन्त्र सिकाउनेलाई ‘धामी’ भन्ने गरिन्छ। घरको कूलदेवताको पूजापाठ गर्नेलाई ‘भगता’ भन्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..