काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कार्यालय हालचालमा छड्के अनुगमन गरेका छन् । छड्केमा मन्त्री श्रेष्ठसहित मन्त्रालयका उच्च पदाधिकारीको टोलीले कार्यालयमा छड्के अनुगमन गरेको हो । कार्यालयले छिटो छरितो काम नगरेको भन्दै जनगुनासो आउन थालेपछि मन्त्री श्रेष्ठले छड्के अनुमगन गरेका हुन् ।
मन्त्री श्रेष्ठ आकस्मिक रुपमा प्रवेश गरेसँगै कार्यालयका कर्मचारी अचम्मित परेका थिए । छड्के अनुगमनपछि कर्मचारीसँग साक्षात्कार गर्दै मन्त्री श्रेष्ठले सेवाग्राहीले अनुभूति गर्नेगरी काम गर्न निर्देशन दिए । उनले भने, ‘गुनासो आएको आयै छ । त्यो गुनासो सम्बोधन हुने गरेर काम गर्नुहोस् ।’
यस्तै, दुई जना कर्मचारीले हुने काममा ५ जनाको हुल बाँधेर नबस्न समेत कर्मचारीलाई निर्देशन दिएका छन् भने दिनमा १५ सय जनालाई सेवा दिने गरी अगाडि बढ्न समेत उनले निर्देशन दिए । यसैगरी, श्रम स्वीकृति लिन आउने महिला र पुरुष कामदारलाई छुट्टाछुट्टै लाइनमा राख्न समेत श्रेष्ठले निर्देशन दिए ।मन्त्री श्रेष्ठले गुनासो सम्बोधन गर्नेगरी काम गर्न निर्देशन दिइरहँदा कार्यालयका कर्मचारी भने गुनासो सँधै आइरहने बताउँदै थिए ।
वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्री श्रेष्ठको छड्के
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


