खाजा घरमा यौनशोषण आरोपमा एक पुरुष पक्राउ

काठमाडौं । कोटेश्वरस्थित नेवारी खाजा घरमा किशोरीलाई यौन शोषण गरेको आरोपमा मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । गुल्मी घर भई कोटेश्वरमा खाजा घर चलाउने ५२ वर्षीय नेत्रलाल ज्ञवालीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसपी) अनुराग द्धिवेदीले बताए ।

२०७८ वैशाख दोस्रो हप्तादेखि ज्ञवालीले १६ वर्षीया किशोरीलाई खाजा घरमा बन्धक बनाएर परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य गराएका थिए । कोटेश्वरका अरु गेस्ट हाउसमा समेत लगेर ती किशोरीलाई दैनिक ३ देखि ५ जनासँग सम्बन्ध राख्न बाध्य पारेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–४ घर भएका ज्ञवालीलाई कार्तिक १७ मा पक्रेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी द्धिवेदीले जानकारी दिए । सो घटनामा संलग्न अरु दुईजना फरार छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..