ठुलो परिणामको गाँजा सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका-४ बाट ठुलो परिणामको गाजा सहित १ जना पक्राउ परेका छन् । बुधवार दिउँसो देवानगंज स्थित सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश -१-०४-००१ त ०६६६ नंम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरमा १८० केजी लागुऔषध गाँजा फेला परेको थियो ।
चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाईकलले स्कटिङ गर्ने देवानगंज गाउँपालिका-५ का २५ बर्षीय सन्तोष कुमार मेहेता पक्राउ हुन् ।
फरार भएका चालकको खोजतलास भईरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..