नेपाली महिला क्रिकेटले हात पार्‍यो पहिलो अन्तर्राष्ट्रिय सफलता

काठमाडौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । बुधबार (आज) दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा कतारविरुद्ध ६१ रनको जित निकाल्दै नेपालले ३ म्याचको सिरिज जितेको हो । ३ खेलको पहिलो सिरिजमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको थियो । १ सय ३० रनको लक्ष्य पछ्याएको कतार ३ बल बाँकी रहँदै ६८ रनमा अलआउट भयो । कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोडिन्, भने केरी पोनसेटले १५ रन जोडिन् ।
त्यस्तै नेपालका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट र कप्तान रुविना क्षेत्रीले २ विकेट हात पारे । त्यस्तै संगिता राई र सवनम राईले समान १–१ विकेट लिए ।

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय २९ रन बनायो । नेपालका लागि कप्तान रुबिनाले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ४८ बलमा ५० रन पूरा गरेकी हुन् ।

रुबिनाले ४ चौका र १ छक्का प्रहार गरिन् । उनको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो । त्यस्तै कविता कुँवरले ३१ रन र ज्योति पाण्डेले ६ रन जोडे । यता सरिता मगर ४, काजल श्रेष्ठ ३ तथा डोली भट्ट सून्य रनमा आउट भए ।

त्यस्तै अप्सरी बेगम २३ रनमा अविजित रहदा कविता जोशी सून्य रनमा अविजित रहिन् । कतारकी एन्जेलिन मारेले २ विकेट तथा एलिना खान, साची ढाटवाल र सविजाले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..