रुपन्देही प्रहरीद्वारा अवैध सामान बरामद

रुपन्देही। प्रहरीले ९ लाख ३२ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । प्रहरीले एक जना व्यक्ति र मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कार चन्दका अनुसार मंगलबार भारत बाट अबैधरुपमा ल्याइएको ५ लाख ७० हजार रुपैयाँ बराबरको ९५ पेटी अवैध रेडबुल सिद्धार्थनगर–६ सुगरमिलबाट बरामद गरिएको छ ।
प्रहरीले रेडबुल ल्याउने स्याङ्जा घर भएका ३३ वर्षीय प्रकाश रेग्मीलाई पक्राउ गरेको छ । यस्तै, वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सोमबार भारतबाट अवैध रुपमा ल्याउदै गरेको लेडिज सेन्डल प्लाष्टिक डोरी, पेन्ट, डेरी मिल्कलगायत सागम्री मायादेवी–८ बिश्वकर्मा मन्दिरबाट बरामद गरेको छ ।
यस्तै, प्रहरी चौकी दुर्गौलिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आइतबार अवैध रुपमा भारतबाट ल्याइएको ८५ हजार रुपैयाँ (मोटरसाईकल सहित) बराबरको ५ क्विन्टल चिनी बरामद गरेको छ । यी सामग्री र व्यक्तिलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..