विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसको नेतृत्व असफल भईसकेकोले आउदो महाधिवेशनमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताउनु भएको छ ।विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता सिंहले सभापति देउबाका कारण नेपाली कांग्रेसले गत निर्वाचनमा हारेकाले त्यति बेला देखि नै राजिनामा मागेको जानकारी दिनुभयो । उहाँले आगामी महाधिवेशनमा आफु सभापतिको उम्मेदवार हुने स्पष्ट पार्नुभयो ।
फरक प्रसंगमा नेता सिंहले सर्वोच्च अदालतमा भईरहेको गतिरोधले स्वतन्त्र न्यायालय माथिको विश्वसनियतामा आँच पु¥याउने भएकाले सरकारले समस्या समाधानका लागि पहल गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले न्यायालयको समस्या समाधान गर्न नसक्ने भए संसद आव्हान गरेर छलफल गरिनुपर्ने आग्रह गर्नुभयो ।उहाँले सरकार संचालनमा नेतृत्व असफल जस्तो देखिएको बताउदै विधि र कानुन अनुसार न्यायपालिकालाई विश्वसनिय, निष्पक्ष र स्वतन्त्र बनाउने पहल नभएको बताउनु भयो । नेता सिंहले समय अघि नै निर्वाचन हुने अवस्था अदालतको आदेशका कारण पनि हुन नसक्ने जिकिर गर्नुभयो ।
देउवाको नेतृत्व असफल भईसकेकोले आउदो महाधिवेशनमा नेतृत्व परिवर्तन अपरिहार्य छ : नेता सिंह
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


