ओलीले भने : एमालेसँग एक्लै लड्ने हिम्मत छ ?

नेपालगञ्ज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्ने कसैको हिम्मत नभएको बताएका छन् । बुधबार बाँकेको नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग एक्लै भिड्ने कसैको हिम्मत नभएको बताएका हुन् ।

अध्यक्ष ओलीले गठबन्धनबिना आए जुनसुकै पार्टीको जमानत जफत हुने दाबी गर्दै भने, ‘नेपाली कांग्रेसलाई म सोध्न चाहन्छु, एमालेसँग एक्लै लड्ने दम छ ?’ त्यस्तै उनले प्रधानमन्त्रीको कुर्सीका लागि कांग्रेसले वीपीको सिद्धान्त बिर्सिएको बताए । उनले भनेका छन्, ‘कहाँ छ कांग्रेसमा वीपीको सिद्धान्त ? उसलाई प्रधानमन्त्रीको कुर्सी पायो भइहालेको छ । कांग्रेस एक्लै हिँडिरहेको छैन । नेपाली कांग्रेस अहिले चार वटा बैशाखी टेकेर हिँडेको छ ।’

यसका साथै अध्यक्ष ओलीले देउवाको पंखा हम्काएर बस्ने प्रचण्डको पछाडि लागेर केही नहुने बताउदै माओवादी केन्द्रका कार्यकर्तालाई एमालेमा आउन आह्वानसमेत गरेका छन् । त्यस्तै उनले एमाले अब विवादरहित ढंगले जनताको काम गर्दै अघि बढेको पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..