बिरेन्द्र प्रसाद नेपाल….
मिर्चैया । सगरमाथाको द्वार मानिने पुर्व–पश्चिम राजमार्गमै अवस्थित सिरहाको मिर्चैया नगरपालिकामा प्रत्येक वर्ष वर्षायाम सुरु भएसँगै बजार क्षेत्रमा बाढी आएपछि जलमग्न हुँदै आइरहेका छन् ।
मिर्चैयाका बजार भरिका सडक तथा गल्लीमा भेल नै बग्ने गर्दथ्यो । तर सबै समस्याहरुबाट मिर्चैया नगरपालिकाले केहि दिनमा नै मुक्ति पाउने तिर अग्रसर देखिन्छ ।
मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवका अनुसार एसियाली विकास बैंक (एडीबी), खानेपानी तथा ढल निकास विभाग र मिर्चैया नगरपालिकाको साझेदारीमा ३६ करोड ३३ लाख ६१ हजार पाँच सय ७१ रुपैयाँको लागतमा नगरपालिकाको गौरवको आयोजना सतह ढल निर्माण गराइरहेका छन् ।
मिर्चैया नगरपालिकाको लागि उक्त सतह ढल निकासको आयोजना बहुप्रतिष्ठित बहुप्रतिक्षित रहेको छ । यसमा नगरपालिकाको १५ प्रतिशत बजेट छ भने बाँकी ८५ प्रतिशत बजेट एडीबीको छ । सतह ढल निर्माणका लागि ५२ करोड ८७ हजारको ठेक्का आह्वान भएको थियो । बीकोई बिल्डर्सले ३६ करोड ३३ लाख ६१ हजार रुपैयाँमा निर्माणको जिम्मा पाएका छन् ।
हालसम्म उक्त आयोजनाको ७५ प्रतिशत काम सकिएको छ । मिर्चैयामा अहिले ह्युम पाइप राख्ने, नाला निर्माण र त्यसक्रममा फुट्ने खानेपानीका पाइप मर्मत, टेलिफोनका तार मर्मत तथा आवश्यकताअनुसार बिजुलीका पोल सार्ने काम निर्माण कम्पनीले गरिरहेको छ ।
पूर्व–पश्चिम राजमार्गको मिर्चैया खण्डमध्ये पश्चिममा जीवा खोलादेखि पूर्व बतहा खोलासम्म सडकको दुवैतर्फ र कटारी चोकदेखि उत्तरमा खानेपानी कार्यालयसम्म सतह ढल निर्माण तथा कटारी चोकदेखि मटियर्वा चोकसम्म नाला गरी साढे ६ किलोमिटर ढल निर्माण गरिने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत (उप–सचिव) डम्बरध्वज आङ्गदेम्बेले बताए ।
प्रशासकीय अधिकृत आङ्गदेम्बेका अनुसार २०७६ माघ २० गतेदेखि काम सुरु गरी २०७७ पुस १६ मै काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । तर, कोरोना भाइरका कारण उत्पन्न परिस्थितिले काम सञ्चालन गर्न कठिनाइ भएपछि समय थप भएको थियो ।
पानीको निकासको लागि मिर्चैया नगरपालिकामा ५२ करोडको लागतमा ढल निर्माण हुँदै
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


