जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्रीले मन्त्री यादवलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।
जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी छ ।यसअघि मंगलबार मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेको तर नदिएपछि पदमुक्त गरेको अर्थमन्त्री साहले जानकारी दिए ।
जसपाका मन्त्री यादव बर्खास्त
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


