पूर्वन्यायाधीश फोरमले माग्यो गुहार- ‘न्यायपालिका जोगाउन सबै एक होऔँ’

काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरा राणाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।सोमबार प्रेस विज्ञप्ति जारी गर्र्दै फोरमले प्रधानन्यायाधीशबाट राणाको बहिर्गमन हुनैपर्ने अडान दोहोर्याएको छ ।
फोरमका अध्यक्ष टोपबहादुर सिंहले जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीश राणाले आचारसंहिता उल्लंघन गरेको भन्दै सरकार, राजनीतिक दल, सांसदहरुलगायत विभिन्न प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकसमक्ष न्यायपालिका जोगाउन भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीशहरुको कावु बाहिरको परिस्थितिका कारण न्यायका याचकहरुमा पर्न गएको असुविधाका लागि न्यायिक सुधारको अभियानप्रति धैर्य धारण गर्न अनुरोध गर्दछौं । जिम्मेवार निकाय र पदाधिकारीहरुले यस अभियानको गम्भिरता हृदयांगम गरी शिघ्रातिशिघ्र वर्तमान प्रधानन्यायाधीशवाट न्यायपालिका जोगाउन हामी पुनः आह्वान गर्दछौं ।’प्रधानन्यायाधीश जबराले वार्ताका लागि गरेको आह्वान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास रहेको फोरमको ठहर छ ।

फोरमले विज्ञप्तिमा भनेको छ, ‘आज २९ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट जारी गरिएको वार्ता लागि आह्वान गरेको विज्ञप्ति न्यायका विचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास हो । यो न्यायापालिकाको हितमा रहेको देखिँदैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..