कञ्चनपुर। प्रहरीले कञ्चनपुरमा कुटपिट मुद्दाका फरार प्रतिवादीलाई ७ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालतबाट २२ चैत २०७१ म कैद र जरिवानाको फैसला सुनाइएका भीमदत्त नगरपालिका–४ बस्ने सन्दीप शाहलाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई निजकै घर ठेगानाबाट पक्राउ गरेर निल्ला अदालतमा पेश गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उनका अनुसार कुटपिट अङ्गभङ्ग मुद्दामा शाहलाई जिल्ला अदालतले एक वर्ष ११ महिना ५ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
कुटपिट मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


