रौतहट । रौतहटस्थित सशस्त्र प्रहरी र बन सुरक्षा गस्तीको संयुक्त टोलीले तस्करले बालुवा मुनि लुकाएर राखेको अवैध काठ सहितको ट्याक्टर बरामद गरेको छ । गुजरा नगरपालिका ४ सेमरी दोमुहान खोला किनारबाट आज बिहान साढे ४ बजे बालुवा मुनि राखिएको काठ सहित ना ५ त ७६९४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको चोंचा सेक्टर वनका प्रमुख राजेश साहले रातोपाटीलाई बताए ।
विशेष सूचनाको आधारमा सेक्टर वन कार्यालय जंगलसहियाका प्रमुख रामदेव चौधरी, जमदार सगिर मियांको नेतृत्वमा गएको वन सुरक्षा गार्ड र सशस्त्र पोष्ट हरिनगरको संयुक्त गस्ती टोलीले काठको माथि बालुवा लोड गर्ने क्रममा उक्त ट्याक्टर नियन्त्रणमा लिएको डिभिजन वन रौतहटका प्रमुख अमरदेव यादवले बताए । ट्याक्टरमा साल जातको काठको ३–४ को चिरान गरिएको कडि ४० थान र १ थान ५ क्युफिट लम्बाइ सालको गोलिया काठ बरामद भएको प्रमुख यादवले जानकारी दिए ।
संयुक्त सुरक्षा गस्ती टोलीलाई हेरेर ट्याक्टर चालक फरार भएको तथा बरामद काठ सहितको ट्याक्टर सेक्टर वन कार्यालय जंगलसहुयाको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । पछिल्लो समय वन कर्मचारी तथा सशस्त्र वन रक्षकको सक्रियता बढे सँगै रौतहटमा काठ तस्कर समूह हतोत्साहित भएको देखिएको छ ।
अवैध काठसहित ट्याक्टर बरामद
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


