गाँजासहित रौतहटबाट दुई जना पक्राउ

रौतहट । रौतहटमा लागुऔधष गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाका अनुसार शुक्रबार बिहान पौने १० बजे गौर नगरपालिका वडा नम्बर ४ गढवा टोलबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको

पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर १२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र १९ वर्षीय रित्तम तामाङ छन्।

उनीहरूबाट प्रहरीले १८६ किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरू चढेको ना.६ ख-५९४३ नम्बरको आइचर ट्रक चेक गरेको थियो ।

त्यसक्रममा ट्रकमा फल्स बटम बनाई प्लाष्टिकले बेरेको १२ वटा पोका फेला परेको थियो। त्यसपछि ट्रक चालक गोलेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..