गाँजासहित बाराबाट दुई जना पक्राउ


बारा । प्रहरीले बाराबाट अवैध लागु औषध गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय चाँद किशोर राम र ३२ वर्षीय प्रभु राम रहेका छन् ।कात्तिक २१ गते राति ९ बजे प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १ किलो ९ सय ग्राम गाजासहित पक्राउ गरेको थियो ।

कलैया-मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया-१२ शीतलपुरमा कलैयाबाट मटिअर्वातर्फ शंकास्पद अवस्थामा जाँदै गरेको बा.२५ प ११९५ नम्बरको मोटरसाईकल रोकी प्रहरीले चेकजाँच गरेको थियो। चाँद किशोरले मोटरसाईकल चलाएका थिए भने प्रभु पछाडी बसेका थिए ।


मोटरसाईकलको बीचमा प्लाष्टिक झोलामा लुकाएर ल्याउँदै गरेको १ किलो ९ सय ग्राम अवैध लागू औषध गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

पक्राउ परकेा उनीहरुविरुद्ध लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..