११औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ एसपी डा.मल्ललाई प्रदान गर्ने घोषणा

काठमाडौं । ११ औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई प्रदान गरिने भएको छ ।  

United Nations Organization Stabilization Mission in the Democratic Republic of the Congo (MONUSCO) मा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई उक्त अवार्ड प्रदान गर्ने घोषणा गरिएको संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको छ । उक्त अवार्ड संयुक्त राष्ट्रसंघीय प्रहरी सप्ताह २०२१ का अवसरमा ९ नोभेम्बर (कात्तिक २३ गते) प्रदान गरिने जनाइएको छ । 

प्रहरी उपरीक्षक डा. मल्लले MONUSCO मा कार्यरत रहेदेखि कोभिड-१९ को महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ । महामारीमा MONUSCO मा कार्यरत अनपोल कर्मचारीहरूलाई काउन्सिलिङ गर्न समर्पित भई उहाँले काम गरिरहनुभएको छ ।

वातावरण संरक्षणमा अनपोलको वातावरण यूनिटसँग संयुक्त योजना निर्माण गरी काम गर्नुका साथै इबोला भाइरस फैलनबाट रोक्न तथा गोमामा भएको ज्वालामूखी विष्फोटमा अनपोल कर्मचारीहरूलाई सहयोग गर्न उहाँको योगदान प्रशंसनीय रहेको संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..