चोरीको मुद्दामा पक्राउलाई ब
लात्कार मुद्दामा फसाइएपछि…

काठमाडौं । चोरी मुद्दामा पक्राउ परेका रानीघाट–९ वीरगञ्जका २१ वर्षीय राज सराफलाई जबरजस्ती बलात्कार मुद्दामा फसाइएको परिवारले आरोप लगाएको छ ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राजलाई प्रेमिकाको परिवारले फसाएको आरोप लगाएको हो ।कार्यक्रममा बोल्दै राजका बुवा जलेश्वर सराफले छोरालाई युवतीको बाबुले फसाएको आरोप लगाए ।

उनले भने, ‘छोराले चोरी गरेको प्रहरीले मलाई कुनै प्रमाण देखाएको छैन, कुकुर लिएर गएको छोरा हाम्रो नियन्त्रणमा छ भनेर प्रहरीले नै जानकारी दिएको हो ।’प्रहरीले विनाआधार छोरालाई समातेको उनको आरोप छ । उनले युवतीको पितासँग सोध्दा तिम्रो छोरासहित मेरो घरमा ५ जना चोरी गर्न आएको र ४ जना भागे तिम्रो छोरालाई समातिएको जानकारी दिएको बताए ।

उनले भने,‘यो षड्यन्त्र हो, मेरो छोरालाई जबरजस्ती फसाईएको हो ।’

युवतीको मेडिकलमा लगेर चेक÷जाँच गर्दा बलात्कार भएको कुनै प्रमाण फेला नपरेकोसमेत उनले जानकारी दिए । सराफले कार्यक्रममा बोल्दै आफ्नो घरमा युवती भागेर आएर परिवारले मलाई मार्न लागेको छ समेत बताएको जानकारी दिए । उनले युवतीको पिता बसेको स्थानबाट आफूले प्रमाणको दुईवटा दस्तावेज भेट्टाएको बताउँदै उनले भने, ‘एउटामा ३ किलो सुनको बारेमा लेखिएको थियो र अर्कोमा युवतीको बाबुको मात्र हस्ताक्षर भएको दस्तावेज फेला पारेको थिएँ ।’

असोज २ गते चोरी मुद्दामा रानीघाट–९ विरगंजबाट पक्राउ परेका राजलाई सुन चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..