नागढुंगा , बसपार्कका इञ्चार्जको सरुवा प्रहरीका ३३ फेरिए


काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागढुंगाका प्रहरी निरीक्षकसहित ३३ जना प्रहरी अधिकारी जिम्मेवारीबाट हटाइएका छन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालले इन्स्पेक्टर त्रिभुवनसिंह थापासहित ३३ प्रहरीलाई हटाइएको बताए ।

‘उनको ठाउँमा निरु दुवालको नेतृत्वमा अर्को टोली खटिएको छ’ पालले भने, ‘त्यहाँ रहेका पहिलेका प्रहरीलाई साबिकको दरबन्दीमा पठाइएको छ ।’ उनका अनुसार प्रहरी प्रभाग, बसपार्कका निरीक्षक रमश विष्ट पनि फेरिएका छन् । उनको ठाउँमा महानगरीय प्रहरी कार्यालयका सुमन न्यौपानेलाई पठाइएको छ ।

दशैंको मुखमा राम्रोसँग जिम्मेवारी ननिभाएको पाइएपछि नागढुंगाको टोलीलाई तानिएको हो । बसपार्कका निरीक्षकको एक वर्षे कार्यअवधि पूरा भइसकेको थियो र सरुवा हुने वेला भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..