तस्करी विरुद्ध एसपी पाण्डेको एक्सन : धमाधम पक्राउ पर्दै तस्करीको समान

लहान । सिरहा प्रहरी प्रमुख एसपी हिरा बहादुर पाण्डेले जिल्लामा आए लगतै अबैध काम गर्ने माथी धमाधम एक्सन चाल्न सुरु गरेका छन् । बेला बेला भारतबाट नेपाल तर्फ अबैध रुपमा नियार्त गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै आएको थियो। एसपी पाण्डे कै सक्रियतामा २ महिनामा १ करोड ९ लाख ७५ हजार ७ सय २३ मुल्य बराबरको भन्सार छली बिभिन्न अवैध मालसामानसहित ५ जना मानिस र ५ वटा सवारी साधनलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय ठाडीमा बुझाईएको छ ।

३ फिटे ३ थान ,४ फिटे ३ थान , ४/४ को ६ थान , ४/४ को ४ फिटे ३ थान अवैध काठ बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित डिभिजन बन कार्यालयमा बुझाईएको छ साथै नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ६ वटा गाडी समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाईएको छ, जसबाट २२ हजार ५ सय मुल्य बराबर राजश्व संकलन भएको छ ।

यसरी अवैध मालसामान, अवैध काठ र अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही गरी कुल जम्मा १ करोड ९ लाख ९८ हजार १ सय २३ रुपैयाँ मुल्य बराबरको राजश्व दाखिला भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..