जनताको भरोसा बन्दै सिरहा प्रहरी,शान्ति सुरक्षा,अमनचयन र कानुनको प्रभावकारी रुपमा कार्यान्वयन

लहान । प्रहरी नागरिकको भरोसा । तर कपितय सन्दर्भमा प्रहरीले शान्ति सुरक्षा,सुशासन कायम गर्न नसकेको भन्ने आरोप लागिरहँदा सिरहा प्रहरीले भने जिल्लाबासीको मन जितेर जिल्लाभर शान्ति सुरक्षा अमनचयन कायम गर्न सफल भएको स्वयं जिल्लाबासीलेनै बताउने गरेका छन् ।

बिशेष सुरक्षा योजना लागू गरेर चाडबाड लक्षित सुरक्षा ब्यवस्था भरपर्दो मिलाएपछि कुनै अबान्छित गतिबिधि नभएको पनि सिरहा प्रहरीले जनाएको छ ।

गुण्डागर्दीको आडमा सर्वसाधारणलाई दुख दिने प्रवृत्ति पनि प्रहरीको सक्रियताका कारण निस्तेज भएको भन्दै जिल्लाबासीले जिल्ला प्रहरी नेतृत्वको खुलेर प्रशंसा गर्ने गरेका छन् ।

जिल्ला प्रहरी प्रमुख भएर प्रहरी उपरिक्षक हिरा बहादुर पाण्डे आएपछि शान्ति सुरक्षामा कुनै कमी नभएको स्थानीयबासी बताँउछन् ।

अब नजिकिंदो दशै तिहारमा पनि प्रभावकारी रुपमा शान्ति सुरक्षाको प्रबन्ध मिलाईको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक पाण्डेले जानकारी दिए ।

सरकारको नीति निर्देशन,आम नागरिकको अपेक्षा अनुसार आफ्नो नेतृत्वमा प्रहरी जनताको सेवामा खटिएको पनि पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..