‘लागूऔषध प्रयोग र ओसारपसार विश्वकै चुनौती’

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लागूऔषधको अवैध ओसारपसार र प्रयोग विश्वकै साझा चुनौती भएको बताएका छन् । उनले लागूऔषध उत्पादन, खरिद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि हुँदै जानुले समस्या बढाइरहेको उल्लेख गर्दै कुलतमा फसेका युवालाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताए ।


आसरा सुधार केन्द्र रानीबारीको २५ औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा प्रहरी महानिरीक्षक थापाले लागूऔषध सेवनकर्ताको उपचार र पुनःस्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्रभन्दा बाहिर रहे पनि नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित केन्द्रले स्थापनाकालदेखि नै पुनःस्थापना कार्यक्रम अघि बढाएकोमा प्रशंसा गरे । लागूऔषध दुर्व्यसनमा फसेका मानिसलाई नयाँ जीवन दिन केन्द्र सफल भएको उनले बताए ।

केन्द्रकी अध्यक्ष सिर्जना थापाले सोही केन्द्रमा उपचाररत सदस्यलाई शारीरिक व्यायाम तथा प्रशिक्षण प्रदान गर्न बनाइएको व्यायामशालाको उद्घाटन गरे । सो अवसरमा केन्द्रका परामर्शदाता तथा बाह्य प्रशिक्षक, आसरा सुधार केन्द्र पानवारी धरान र महिला आसरा सुधार केन्द्र तिलगङ्गालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

उनले नेपाल पुलिस स्कुल सामाखुसीमा अध्ययनरत दुई विद्यार्थीलाई एक वर्षको मासिक छात्रवृत्ति प्रदान गरेका थिए ।समारोहमा केन्द्रकी पूर्व अध्यक्ष सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव रम्भा लामालाई सम्मान गरिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..