प्रहरी निरीक्षकको मृत्युबारे छानविन गर्न समिति गठन

काठमाडौं । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको घटनाका सन्दर्भमा छानविन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । उक्त दुर्घटनाका सन्दर्भमा स्थलगत अध्यन गरी सत्यतथ्य छानविन गर्न गृहमन्त्रीस्तरीय निर्णयले मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरी सहभागी छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको गृहमन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

यही साउन २५ गते नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय अगाडि लु १४ प ८७५८ नम्बरको मोटरसाइकले ठक्कर दिँदा सोही कार्यालयमा कार्यरत तनहुँ निवासी प्रहरी निरीक्षक वाग्ले गम्भिर घाइते भएकामा उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..