शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी हो : प्रहरी महानिरीक्षक थापा

बिराटनगर । शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताउनु भएको छ । नव निर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको हाता भित्र आज बिहान भएको भवन उद्घटान कार्यक्रममा बोल्दै वाहाले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापाले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उचित बासस्थानको भरपर्दो ब्यबस्था बिना नै काम कारवाही गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरक्षित बासस्थान प्राप्त भए संग संगै अब थप हौशलाका साथ काम कारवाही गर्ने र बिबिध अपराधीक घटना नियन्त्रणमा थप बल पुग्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

यसैगरी ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बिकास निर्माणको पहिलो आधार भनेकै शान्ति सुरक्षा रहेको हुँदा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवार रहेको नेपाल प्रहरी साधन श्रोतले सम्पन्न भएमा मात्र जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्न सक्ने हुँदा यस्ता किसिमका सुबिधा सम्पन्न नव निर्मित भवनले केही हद सम्म सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले भौतिक पुर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रतक्ष्य असर पर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संग संगै नागरीक सेवामा अब बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बिश्वास ब्यक्त गर्नु भयो ।

२४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको साँढे २ तले कार्यालय भवन तथा तिन तले आवास गृह ९ करोड, ७० लाख, ७२ हजार, ३२० रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको भएको हो । उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरीक समाजका प्रतिनिधीहरु, बिभिन्न महिला संजाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..