प्रहरीले रकम असुलेर जुवाडे भगाएको घटनाको छानबिन गर्न समिति

धनगढी । कैलालीमा प्रहरीले रकम असुलेर जुवाडे भगाएको घटनाको छानबिन गर्न समित गठन गरिएको छ ।संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले उक्त आरोपबारे छानबिन गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिक्रम चन्दले प्रहरीले रकम असुलेर जुवाडे भगाएको घटनाबारे छानबिन गर्न गठित समितिलाई ७ दिनको समय दिइएको जानकारी दिए । उक्त समितिमा प्रहरी उपरीक्षक दिलिप देउवा र प्रहरी निरीक्षक हिम्मत बोहरा सदस्य छन्।


गत सोमबार कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित एएफसी रेष्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम अनुसन्धान समूह (आरआइटी) टोली पुगेको थियो ।
करीब १५ लाखको जुवा भइरहेको सूचना पाएको प्रहरीले ८ लाख असुलेर जुवाडेलाई भगाएको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त आरोपमा सत्यता नरहेको बताउँदै आएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी त्यो दिन प्रहरी त्यहाँ सूचना संकलनका लागि मात्र गएको दाबी गर्दै आएका छन् । उनले सादा पोशाकमा तीन जना प्रहरी खटिएको बताउँदै उनीहरुलाई देख्ने बितिकै जुवाडे भागेको जिकिर गर्ने गरेका छन् भने जुवाखालबाट नगद ८५ हजार मात्रै बरामद भएको उनी बताउँछन् ।

तर प्रहरीले यो घटनामा गुपचुप राखेको थियो ।
प्रहरीको भूमिकाबारे समाचार प्रकाशित भएपछि रेष्टुरेन्टका सञ्चालकसहित केहीलाई जुवा खेलेको आरोपमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..