प्रधानमन्त्री देउवालाई पूर्वआइजीपीको ज्ञापन–पत्र : पुलिस एकेडेमी सार्ने निर्णय तत्काल खारेज गर्नुस्

काठमाडौं– पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरुले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकडेमी) लाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । १४ जना पूर्वमहानिरीषक (आइजीपी)हरुले बुधबार बालुवाटारस्थित निवासमा प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआइजीपीहरुले पूर्ववर्ती केपी शर्मा ओली सरकारले गरेको निर्णय खारेज गर्न माग गरेका हुन्।


तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्ले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) काभ्रेको पनौती सार्ने निर्णय गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिप्याड बनाउने ठाउँ अभाव भएको र एकेडेमीमा हुने तालिमले राष्ट्रपतिलाई ‘डिस्टर्ब’ भएको तर्क गर्दै सो निर्णय गरिएको थियो।

‘नेपाल प्रहरीका लगभग असी हजार बहालवाला प्रहरी र लाखौंको संख्यामा रहेका पूर्वप्रहरी कर्मचारीहरुको ऐतिहासिक एवं भावनात्मक सम्वन्ध गाँसिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा र प्रहरीका पूर्खाको रगत पसिनाले आर्जेको भौतिक सम्पत्ति समेत राष्ट्रपति कार्यालयको सुविधा बढाउनका लागि तत्कालीन नेपाल सरकारले २०७५ भदौ २१ गते गरेको निर्णय अदूरदर्शी, अव्यावहारिक र पूर्णतः अवैज्ञानिक छ’, पूर्वआइजीपी मोतीलाल बोहराले भने, ‘हामीले त्यही निर्णय खारेज गर्न प्रधानमन्त्रीज्यूसमक्ष माग गरेका छौं।’

बहालवाला तथा लाखौं पूर्वप्रहरी कर्मचारीहरुको मनोवल एवं भावनामा प्रत्यक्ष कुठाराघात गर्ने गरी भएको सो निर्णय खारेज गर्न १४ जना पूर्वआइजीपीहरुले बुधबार प्रधानमन्त्री देउवालाई ज्ञापन–पत्र बुझाएको उनले बताए।

‘प्रहरीका पूर्खाको रगत पसिनाले आर्जेको भौतिक सम्पत्ति राष्ट्रपति कार्याल्यको सुविधा बढाउन लागि सरकारले गरेको निर्णयले वहालवाला तथा लाखौं पूर्वप्रहरी कर्मचारीको भावनामा कुठाराघात गरेको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..