लक्ष्मिपुर पतारी गाउँपालिकाको ७ करोड बेरुजु

लहान : सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिकाले ७ करोड १० लाख २ हजार २ सय ५१ रुपैयाँ बेरुजु देखिएको छ ।

महालेख परिक्षकको कार्यालयले सार्वजानि गरेको बार्षिक प्रतिवेदन २०७७ मा लक्ष्मिपुर पतारी गाउँपालिकाको आर्थिक बर्ष २०७४।०७५ मा ७ करोड १० लाख २ हजार २ सय एकाउन्न रुपैयाँ बेरुज’ रहेको उल्लेख छ ।

आर्थिक बर्ष ०७७ । ७८ सुरु भईसक्दा समेत यस गाउँपालिकाले उक्त बेरुज’ भने अझै फर्छौट गरेको छैन ।
सबैभन्दा बढि बेरुज’ उपभोक्ता समिती मार्फत गरिएको विकास निर्माणको छ । प्रतिवेदनमा उपभोक्ता समितीहरु मार्फत गरिएको विकास निर्माणको काममा २ करोड ६१ लख ३० हजार ५ सय ९४ रुपैयाँ बेरुजु रहेको छ ।

laxmipur_patari_gapa_janprabhabnews

प्रतिवेदन भन्छ , लक्ष्मिपुर पतारी गाउँपालिकाले गठन गरेका अधिकांस उपभोक्ता समितीले सार्वजानिक खरिद ऐन २०६३ को दफा ४४ मा उपभोक्ता समितीबाट निर्माण वा सो सम्बन्धि सेवा प्राप्त गर्दा मितव्यायिता , गुणस्तरीयता वा दिगोपन अभिवृधि हुने भएमा परियोजनाको उदेश्य रोजगारी सिर्जना गर्ने भएमा कार्य गराउन सकिने ब्यवस्था छ । यस गाउँपालिकाले उपभोक्ता समितीबाट गराईएका अधिकांस कार्यहरुको खरिदविल समेत नियमानुसार देखिदैन ।

यस गाउँपालिकाको टुक्रे योजनामा पनि ब्यापक बेरुजु देखिएको छ । ५ लाख रुपैयाँ भन्दा कमका १६३ ओटा योजनामा ३ करोड ३६ लाख २७ हजार भ’क्तानि दिएको देखिन्छ । प्रतिवेदनका अनुसार ५ लाख भन्दा माथीको १० लाख सम्मको २६ योजनामा २ करोड १४ लाख ८० हजार रुपैयाँ र १० लाख रुपैयाँ भन्दा माथीको योजनामा ४ करोड भुक्तानी दिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..