शारीरिक रुपमा मोटा देखिएका प्रहरीलाई जिल्ला झिकाएर दैनिक दाैडाउन थालियाे : एसपी काफ्ले

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा मोटोपना देखिएपछि उनीहरूलाई अतिरिक्त शारीरिक व्यायाम र दैनिक कसरत गराउन थालेको छ । शारीरिक रूपमा मोटा देखिने प्रहरीका माथिल्लो तहका अधिकारीदेखि जवान सबैलाई दैनिक दौडाउन सुरु गरिएको छ । आफू जिल्ला आएदेखि नै बिहान दैनिक रूपमा सबैलाई दौडाउन थालेको दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताउनुुभयो ।

मोटा प्रहरी सबैलाई बिहानको दौड अनिवार्य गरिएको छ । शारीरिक रूपमा चुस्त र छरितो हुनुपर्ने नेपाल प्रहरीका कर्मचारीमा मोटोपना बढ्दै गएकोप्रति सङ्गठनभित्रै चिन्ता बढेकाले आफैँबाट यस्तो सुरु गरेको एसपी काफ्लेकाे भनाइ छ ।

दाङका विभिन्न ठाउँमा कार्यरत मोटा प्रहरीलाई जिल्ला झिकाएर दैनिक दौडाउने योजना रहेको एसपी काफ्लेले बताउनुुभयो । दैनिक अभ्यासले फिट भएपछि ती प्रहरीलाई फेरि सम्बन्धित कार्य क्षेत्रमै खटाइने उहाँले जानकारी दिनुुभयो । केही प्रहरीमा अस्वाभाविक मोटोपना देखिएकाले राम्रोसँग हिँड्न पनि नसक्ने अवस्था रहेको एसपी काफ्लले बताउनुुहुन्छ ।

‘जो आफैँ राम्रोसँग हिँड्न सक्दैनन्, उनीहरूलाई दौडाएर, पिटी खेलाएर फिट पार्ने मेरो योजना हो’ , उहाँले भन्नुुभयो । 

दाङ सरूवा भएर आएको दोस्रो दिनदेखि एसपी दौडिन थालेपछि डीएसपीलगायत सबै शारीरिक रूपमा ‘अनफिट’ प्रहरी दौडिन र व्यायाम गर्न थालेका छन् । डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार ड्युटीमा रहेका प्रहरीबाहेक अरू सबै एक घण्टा दौडिन सुरू गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..