एसएसपी खापुङको ठुलो सफलता : दुईवटा चोरीका क्रेटा गाडी सहित बौद्धबाट दुईजना पक्राउ

काठमाडौं । भारतबाट ल्याएका चोरीको गाडीसहित प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वौद्धबाट दुईवटा चोरीको गाडीसहित मुस्ताङ घर भई वौद्ध बस्ने आग्या गुरुङ र भारत पश्चिम बंगाल घर भई वौद्ध बस्ने सोनाम टासी योल्मोलाई पक्राउ गरेको छ ।

बरामद गाडी भारतबाट चोरेर नेपाल ल्याएको हुन सक्ने उपत्यका अपराध अनुसन्धान नियन्त्रण कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए । उनका अनुसार बरामद गाडीमध्ये एउटामा नेपाली नम्बर प्लेट र एउटामा भारतीय नम्बर प्लेट नै भेटिएको थियो । ‘भारतबाट नै चोरेर ल्याएको देखियो, विस्तृत अनुसन्धान हुँदैछ’ उनले भने ।

उनीहरुले यसअघि पनि भारतीय गाडी ल्याएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..